Thursday, September 24

हेर्नुहोस असार २७ देखि साउन २ गतेसम्मको साप्ताहिक राशिफल

July 11, 2020 210

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ। धार्मिक कार्यमा मन जानेछ। बोलीको प्रभाव बढ्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीभाईको साथ र सहयोग मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन। रमणीय यात्राको योग रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

आकस्मिक धनलाभको सम्भावना रहेको छ। कामको उचित मुल्यांकन हुनेछ। प्रतिष्पर्धात्मक कार्यमा बिजयी भइने छ। सोचे अनुरुपको काम बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विद्या र बुद्धिको विकास हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला । भौतिक साधन जुटाउने समय छ । प्रेमसम्बन्धमा सामान्य मनमुटाव हुन सक्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । साताको मध्यबाट भने अनावश्यक क्षेत्रमा धन खर्च होला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक वातावरण उल्लाशमय बित्नेछ। मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन्।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । नोकरीमा पदोन्नतीको सम्भावना रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसिक अस्थिरता बस्नेछ। स्वास्थ्य सामान्य रहला। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। विदेशयात्रा सुखद रहनेछ।
source:OSnepal

प्रतिकृया दिनुहोस्