Tuesday, December 1

जाजरकोटको बारेकोटमा गएको पहिरोमा परि बेपत्ता २ को शव फेला,मृतकको संख्या ९ पुग्यो

July 11, 2020 136

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बेपत्ता थप दुई जनाको शब शनिवार साँझ फेला परेको छ । यो संगै मृतकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुना आएका सहित १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परि बेपत्ता ३८ बर्षीया कलु सार्की , उनका ६ बर्षीय छोरा सुवास सार्कीको शव फेला परेको हो । यस अघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ बर्षीया गौरी सार्की, १६ बर्षीया कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनु भयो । उनीहरु दिदीको घरमा पाहुना आएका थिए ।

पहिरोमा परि बारेकोट ४ का ५२ बर्षीय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षीय डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ बर्षीया छोरी तिर्सा सार्कीको पनि शवको पहिचान भैसकेको छ ।

सो पहिरोमा पुरिएका अझै तीन जना हराईरहेका छन् । पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन । घाईते दुई जनालाई शनिवार हेलिकोप्टरले उद्धार गरेर सुर्खेत लगेको छ ।

गत शुक्रवार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परि गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

पहिरोमा परि गम्भीर घाइते बारेकोट ४ का ५६ बर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात बर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

जाजरकोटको वारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले बगाएको थियो । यस्तै वडा नं। ६को धुममा दुई जनालाई खोलाले बगाएको थियो । खोलामा बगेमा उनीहरुको पनि खोजी कार्य जारी रहेको छ ।

अहिलेसम्म भेटाउन नसकिएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द वहादुर सिंहले जानकारी दिनु भयो ।

घटना स्थलमा जाजरकोटको दल्लीस्थित सुरक्षा वेस क्याम्पबाट नेपाली सेनाको टोली रातारात पैदल पुगेर शनिबार विहानैबाट, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी , स्थानीय वासिन्दा र जन प्रतिनिधिको सहयोगमा खोजी कार्यलाई तीव्रता दिएका छन् ।

खोजी कार्य जारी रहे पनि पानी निरन्तर परेको कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष अजविर सिहं समेत विस्थापित भएर पाल हालेर वस्नु भएको छ । पालिकाले शनिबार विहानैदेखि पहिरोबाट विस्थापित हरुको विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्