Friday, September 25

आज देशका यि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

July 11, 2020 137

काठमाडौँ, २७ असार – देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । (रासस)
source:OSnepal

प्रतिकृया दिनुहोस्