Thursday, November 26

स्पेनिस ला लिगा: रियल म्याड्रिडको अपराजित यात्रामा आठौं जित

July 11, 2020 152

एजेन्सी, २७ असार । स्पेनिस ला लिगा अन्तर्गगत गएराति भएको खेलमा रियल म्याड्रिडले विजयी हासिल गरेको छ । उसले अलाभेजलाई २-० को गोलअन्तरले पराजित गरेको हो । जसका लागि खेलको ११ औं मिनेटमा करीम बेन्जेमाले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए ।

त्यस्तै मार्को असेन्सिओले खेलको ५० औं मिनेटमा अर्को गोल गरेका थिए । म्याड्रिडको अपराजित यात्रामा यो आठौं जित हो । उता आलाभेसले अग्रता लिने धेरै अवसरहरु सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानसँगै ४ अंकको अग्रता कायम भएको छ । उसको ३५ खेलबाट ८० अंक पुगेको छ । त्यस्तै दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेको छ । पराजित भएको आलाभेस भने रेलिगेसन खतरामा रहँदै ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ । लिगमा अब ३ चरणका खेल बाँकी छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्