Tuesday, September 29

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९० वर्षीय बृद्धसहित १० जनाले जिते कोरोना

July 10, 2020 179

कास्की, २६ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराबाट ९० वर्षीय बृद्धसहित १० जना संक्रमितहरु उपचारपछि ठीक भएर डिस्चार्ज भएका छन् ।

शुक्रबार पोखरा १४ कास्की निवासी ९० वर्षीय बृद्धसहित १० जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

आज डिस्चार्ज हुनेहरुमा ५ जना पुरुष र ५ जना महिलाहरु रहेका छन् । प्रतिष्ठानका अनुसार पोखरा १४ कास्कीका ९० वर्षीय बृद्ध, ४२ वर्षीय पुरुष र २४ वर्षीया महिलालाई डिस्चार्ज गरिएको हो ।

त्यस्तै, मादी गाउँपालिका–९ कास्कीका २३ वर्षीय पुरुष, पोखरा–४ कास्कीकी ४० वर्षीया महिला, पोखरा–तल्लो गगनगौंडाकी ३७ वर्षीया महिलालाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै, पोखरा–२५ कास्कीका ३३ वर्षीय पुरुष, पोखरा–१७ कास्कीका ५३ वर्षीय पुरुष, पोखरा राम्दीकी ३१ वर्षीया महिला र मोरिया लेखनाथकी ५२ वर्षीया महिलालाई डिस्चार्ज गरिएको छ ।

यसैबीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पूर्ववरत् रुपमा दिइदै आएका सेवाहरु सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सूचारु रहेको पनि जानकारी गराइएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्