Monday, October 26

पुजाले आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै,कुन चलचित्र बाट कती कमाइन पुजाले नालिबेली

July 10, 2020 207

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि अभिनेत्री पूजा शर्मालाई अपवादले मात्र चिन्थे । यो फिल्मभन्दा अगाडि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ फिल्ममा काम गरेकी थिइन् ।तर, यी कुनै फिल्मले उनलाई अभिनेत्री रुपमा चिनाउन सकेका थिएनन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ भने उनको करिअरको टर्निङ पोइन्ट सावित भयो ।यो फिल्मबाट दर्शकको ठूलो वर्गमा आफूलाई चिनाउन सफल भएकी अभिनेत्री पूजाले त्यसपछि करिअर फर्केर हेर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनी अहिलेकी सर्वाधिक डिमान्डेड र महँगी अभिनेत्रीमध्ये एक हुन् ।

निर्माता तथा निर्देशकलाई के विश्वास छ भने उनको अनुहारले फिल्म विक्छ ।‘प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजाले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् । ‘पोइ पर्यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा उनले २५ लाख पारिश्रमिक लिएको चर्चा छ ।‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन ? धेरै यसको कारण जान्न इच्छुक छन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्