Tuesday, September 29

नेपाल र नेपालका प्रधानमन्त्री बारे भ्रम र अतिरञ्जित समाचार बनाउने जी न्युजका प्रधान सम्पादकले मागे माफि

July 10, 2020 158

२६ असार, काठमाडौंः भारतीय न्युज च्यालन जी न्युजका प्रधान सम्पादक सुधीर चौंधरीले नेपालीहरुसँग माफि मागेका छन् ।

केही समयअघि उनकै च्यालनले नेपाल, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीको विषयमा चरित्रहत्या गर्ने, भ्रमपूर्ण र अतिरञ्जित सामग्री प्रसारण गरेको थियो ।

चौंधरीले यो विषयमा माफि मागेका छन् । उनले आफ्नो ट्विटरमा माफि मागेको लेखेका हुन् । उनको टेलिभिजनले त्यो सामग्री प्रसारण गरेसँगै नेपालमा निकै आलोचना भएको थियो । साथै नेपालका केबल अपरेटरहरुले भारतीय च्यालनलाई बन्द समेत गरेका थिए ।
source:OSnepal

प्रतिकृया दिनुहोस्