Sunday, September 27

जनमत: भारतीय च्यानल बन्द गर्नु ठिक कि बेठिक ? सेयर गराै

July 10, 2020 238

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

भारतीय मिडियाले नेपाल र नेपालीप्रति अनावश्यक टिप्पणी गर्न थालेपछि नेपालीहरु आक्रोशित बनेका थिए । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

राज्यको चौथो तथा अति शक्तिशाली अंग मानिने पत्रकारिताले यस्तो हर्कत गर्नु लाजमर्दो भएको जानकारहरु बताउँछन् । पत्रकारिता शब्दले नै मानिसमा विश्वास र साहस जगाएको हुन्छ ।

तर, भारतीय मिडिया भने पत्रकारिताका नाममा असनका साँढेजस्तै भएका छन् । उनीहरुको यस किसिमको पत्रकारिताले मानिसमा भ्रम पैदा गरेको छ । भारतीय मिडियाको यस प्रकारको व्यवहारले मानिसको मन मस्तिस्कमा घृणाको भाव पैदा गराएको छ ।

भारतीय मिडियाको यो व्यवहारले स्वयम् भारतीय नागरिकलाई समेत लज्जाबोधको अवस्थामा पुर्याएको छ । यस्तो व्यवहार नेपालीलाई मात्र नभएर अन्य छिमेकी देशलाईसमेत् आजित तुल्याएको छ ।

प्रतिकृया दिनुहोस्