Wednesday, September 23

दूरदर्शनबाहेक भारतीय टेलिभिजन च्यानलहरुको प्रसारण नेपालमा बन्द गरियो

July 9, 2020 152

काठमाडौं, २५ असार । नेपाल र नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने गरी अर्नगल प्रचारबाजी गर्न थालेपछि नेपालमा प्रसारण हुँदै आएका दूरदर्शनबाहेकका भारतीय टेलिभिजन च्यानलहरु बन्द गरिएका छन् ।

विदेशी च्यानल वितरक मलटी सिस्टम अपरेटर (एमएसओ)हरुले नेपालमा दूरदर्शनबाहेक भारतीय सञ्चार माध्यमहरुको प्रसारण बन्द गरेको हो ।

‘यो निर्णय होइन, आफ्नो देशप्रतिको माया हो , राष्ट्रियताप्रतिको सजगता हो’ एमएसओका एक सञ्चालकले न्यूज २४ लाई बताए ‘ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गाली गर्न पाउछन , हर्के विर्के भन्न पाउँलान तर भारतीय मिडियाले अन्टसन्ट भन्ने ।’

यो स्वतफुर्तरुपमा जागेर आएको राष्ट्रिय स्वाभिमानको कदम भएको बताउँदै उनले भारतीयहरुले नेपाल , नेपाली जनता र नेपालका नेताहरुमाथि अपमानजनक शब्द प्रयोग गर्दै समाचार देखाउँदा त्यही प्रसारण गर्न नैतिकताले नदिएको चर्चा गरे ।

भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्ने यो कदम निकै लामो चल्न सक्ने पनि उनको भनाइ थियो । सरकारले नै बन्द गर्नु पर्ने ठाउँमा आफुहरु अघि सरेको बताउँदै उनले नेपाली जनतालाई राष्ट्रियता भन्दा अर्को प्यारो वस्तु केही नभएकोले पनि यो कदम चालेको बताए ।

विहीबार साँझदेखि वितरकहरुले दूरदर्शन बोहक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिसकेका छन् । तर, केवल टेलिभिजन महासंघले भने आधिकारिक निर्णय नगरेको जानकारी गराएको छ । यसबारेमा महासंघको बैठक चाँडै बस्ने तयारी भएको एक सदस्यले न्यूज २४ लाई बताए ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्