Wednesday, September 30

खुशीको खबर, आज नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या ह्वात्तै बढ्यो

July 9, 2020 178

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त हुँदा आज १ सय ८ जनामा संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ८ जनामा संक्रमण पुष्टी भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमले अहिलेसम्मका संक्रमितहरु क्वारेन्टिनमा रहेकाहरु भएका कारण समुदायमा हिँड्दा सामाजिक दुरी कायम गर्न सुझाए ।

उनले भने क्वारेन्टिनमा बस्नेहरुको संख्या घटेसँगै संक्रमितको संख्या घटेको उल्लेख गर्दै प्रवक्ता डा गौतमले भने कोरोना संक्रमण भएका ब्यक्ति जहाँ जो पनि हुन सक्छन् । यो अदृश्य शत्रु हो । यसका विरुद्ध सरकारको मुख नताकी नागरिक आँफै सचेत भएर अत्यावश्यक काममा मात्रै घर बाहिर निस्केको खण्डमा संक्रमणको खतरा कम हुन्छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्