Thursday, September 24

प्रेमगीत’बाट चर्चामा आएपछि गज्जब आम्दानी गर्न थालिन् नायिका पूजा शर्माले, बनाउँदैछिन् काठमाडौँमा आफ्नै कमाइले नै घर

July 9, 2020 156

काठमाडौं – पछिल्लो पुस्ताकी लोकप्रिय अभिनेत्री हुन् पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ मा प्रदिप खड्कासँग अभिनय गरेर चर्चामा आएकी यि सुन्दरीले चर्को पारिश्रमिक लिएर एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । आफै निर्मात्री समेत भएर काम गरेकी उनले निर्माण गरेका चलचित्रहरु एकपछि अर्कोले चर्चा पाएका कारण पनि उनले राम्रो आम्दानी गरिरहेकी छिन् ।

थ्रि लभर्स, मधुमास, चंखे शंखे पंखे, प्रमगीत, रामकाहानी, अझै पनि, म यस्तो गीत गाउँछु लगायतका चलचित्रमा अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी छिन् ।

उनले चलचित्र पोइ पर्यो काले’ मा २० लाख पारिश्रमिक , चलचित्र ‘सम्झना विर्सना’ मा २० लाख पारिश्रमिक लिएर महंगी नायिकाको सूचिमा समेत आँफुलाई स्थापित पूजा हाल ललितपुरको एकान्तकुनामा घर बनाउनमा व्यस्त रहेको उनी निकट साथीभाईहरु बताउँछन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा घर निर्माणको एक भिडियो शेयर गर्दै पूजाले यो आफ्नो दोस्रो घर भएको समेत उल्लेख गरेकी छिन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्