Sunday, September 27

आइभरी कोस्टका प्रधानमन्त्रीको बैठकबाट निस्कने बित्तिकै निधन

July 9, 2020 111

आइभरी कोस्ट : आइभरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको मन्त्रिपरिषद बैठकबाट निस्किएको केही बेरमै निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा बसेको बैठकबाट निस्किएको केही बेरमै अचानक उनको निधन भएको हो । प्रधानमन्त्रीको निधनप्रति दुख व्यक्त गर्दै राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गरेका छन् ।

प्रधानमन्त्री अमदोउ आगामी अक्टोबरमा हुने राष्ट्रपतिको लागि उम्मेदवार चयन भइसकेका थिए । उनी केही वर्षदेखि स्वास्थ्य समस्या झेल्दैआएका थिए ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्