Friday, October 30

कोरोनाका कारण उत्पन्न भोकमरीले विश्वमा दैनिक १२ हजार मानिसको ज्यान जाने : अक्सफाम

July 9, 2020 178

एजेन्सी, २५ असार । विश्वभर कोरोना भाइरसको महामारीको कारण भोकमारी बढेको छ । यसैक्रममा विश्वव्यापीरुपमा गरिबीको विषयमा काम गरिरहेको संस्था अक्सफामले कोरोना महामारीको कारण यस वर्षको अन्तसम्ममा प्रत्येक दिन भोकमारीले १२ हजार मानिसहरुको ज्यान जाने चेतावनी दिएको छ ।

यो संख्या सम्भवत हरेक दिन रोगबाट मर्नेहरूको संख्या भन्दा बढी हुनेछ ।अक्सफामले भनेको छ,’भोकमरी बढ्नुका थुप्रै कारणहरू हुने छन्, जसमा ठूलो संख्यामा बेरोजगारी, लकडाउनका कारण खाद्यान्न उत्पादकहरूमा आइपरेको समस्या र सहयोग उपलब्ध गराउन आइपर्ने कठिनाइ हुनेछ । ’

अक्सफामले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार भोकमरी केन्द्रहरु डीआर कंगो, अफगानिस्तान, भेनेजुएला, पश्चिम अफ्रिकी सहेल, इथियोपिया, दक्षिण सुडान, सिरिया, सुडान र हेटी रहनेछन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्