Thursday, October 22

लकडाउनले धेरैलाई बेरोजगार बनाए पनि तनहुँकी ‘मोडेल’ सञ्जुको चक्लेट व्यापार भने चम्कियो

July 9, 2020 128

दमौली,२५ असार । लकडाउनले धेरै व्यक्तिहरु बेरोजगार बने । तर तनहुँको व्यास नगरपालिका वडा नं ४ की सञ्जु घले भने लकडाउनले व्यवसायी बन्ने अवसर जुरायो ।

अचेल मोबाइलमा घण्टी बज्दा उनको अनुहारमा चमक आउँछ । केही काम गर्दै छन् भने त्यो काम छोडेर हत्तपत्त मोबाइल उठाउन गइहाल्छिन् । मोबाइलमा घण्टी बजेन भने कसैले म्यासेज छोडेको छ कि भनेर पनि छिनछिनमा हेरिरहन्छिन् । त्यही मोबाइलमा आउने घण्टी र म्यासेजको भरमा आएको अर्डर अनुसार उनले घरमै चक्लेट बनाउने गर्छिन् ।

करिब सात वर्षदेखि मोडलिङ गर्दै आएकी घलेले एक वर्ष अघि देखि चक्लेट बनाउन थालेकी हुन् । उनले आफैले घरमै बसेर चक्लेट बनाउने गर्छिन् । चक्लेट बनाउन आवश्यक पर्ने पाउडर काठमाडौंबाट मगाउने गर्छिन् ।

१८ वर्षको हुँदादेखि तनहुँमा हुने गरेका सुन्दरी प्रतियोगिताहरुमा सहभागी हुने गरेकी उनी अहिले आफैले यस्ता कार्यक्रम आयोजना गदै आएकी छिन् । उनी सन् २०१५ को मिस तनहुँको फस्ट रर्नर पनि बनेकी थिइन । आफनै दाईको सल्लाहमा घलेले उक्त काम सुरू गरेको एक केही समयमात्रै भएको थियो ।

यही क्रममा विश्वभर फैलिएको कोरोना महामारी नेपालमा पनि देखिन थाल्यो । महामारी रोक्न लकडाउन सुरू भयो। व्यापार व्यवसायसँगै होटल, बेकरी लगायत अन्य पसलहरु पनि बन्द भए । लकडाउन सुरु भएको केही साता पनि आमाको मुख हेर्ने दिन पनि आयो । कोरोना महामारीले गर्दा आसपासका टोल छिमेकीले आमा औंसीको दिनमा कुनै मिठो परिकार घरमा खाना पाएनन् ।

कसैले त आफनो घरमै नै बनाएका थिए । तर आफुले खोजेको जस्तो परिकार बनेको थिएन् । ’टोल छिमेकी पनि लकडाउनको कारण आफनो विशेष दिन राम्रोसंग मनाउन पाएका थिएन्,’ उनले भनिन्, ’मैले नै बनाएर बेचें भने उनीहरूको रहर पनि पूरा हुन्छ भनेर चक्लेट लगायत अन्य परिकार बनाउने सोच राखेर बनाउन सुरु गरे । सुरु सुरुमा खासै राम्रो बिक्री नभए पनि पछि अर्डर धेरै आउन थाल्यो । ’

उनको यो चक्लेट बनाउने ठाँउ कतै बाहिर छैन । आफ्नै कोठालाई उनले चक्लेट सेन्टर बनाईन् । उनलाई कोठामै चक्लेटका विभिन्न परिकार बनाउन र घरघरमै पु¥याउन पनि सकिन्छ भन्ने लाग्यो। घरघरबाट अर्डर लिन मोबाइल फेसबुक छँदै छ । अहिले उनको चक्लेट तनहुँमा मात्र होईन्, पोखरा, काठमाडौं लगायत अन्य थुपै जिल्लामा समेत पुग्छ । उनले भनिन्, “ लकडाउनमा घर आसपासकाले मात्र किन्ने गर्थे, अहिले लकडाउन खुकुलो भए पछि अन्य जिल्लाहरुमा कुरियर गरेर पठाउने गर्छु । ” जन्मदिन, प्रेम दिवस, रक्षाबन्धन, आमाऔसी लगायत अन्य कुनै विशेष दिनमा चक्लेटको अर्डर धेरै आउने उनले बताईन् ।

अहिले उनी हरेक दिन बिहानैदेखि चक्लेटको अर्डरको पर्खाइमा रहन्छिन्। कसैले चक्लेट् अर्डर ग¥यो कि हतारहतार बनाउन थालिहाल्छिन् । सानो लगानीबाट सुरु गरेकी उनले अहिले आफुलाई आवश्यक पर्ने खर्च आफैले जुटाउन सक्छिन् । उनले भनिन्, ’लकडाउन खुलेपछि चक्लेट सेन्टर नै बनाएर अघि बढ्ने योजना छ ।’
source:News24 Nepal

प्रतिकृया दिनुहोस्