Thursday, October 22

सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

July 9, 2020 160

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्