Tuesday, September 29

महानिरीक्षक थापाका आगामी २२ महिना : असंख्य चुनौती

July 9, 2020 117

काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक बन्नु भएको छ ।

२२ महिने कार्यकालका लागि प्रहरी महानिरीक्षकको पद सम्हाल्नु भएका क्षेत्री प्रहरी संगठन भित्र असल छबि भएका व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

महानिरीक्षक जस्तो गरिमामय पद सम्हाल्नु भएका थापाको अगाडी असंख्य चुनौतीहरु पनि उत्तिकै तेर्सिएका छन् ।

२०२५ साल मंसीर २३ गते भक्तपरको कटुन्जेमा जन्मनुभएका नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरिक्षक थापा नेपाल प्रहरीको २८ औं प्रहरी महानिरिक्षक बनेसँगै कार्याकालको भावी दिनहरुका बारेमा समिक्षा सुरु भएको छ ।

नवनियुक्त थापा २०१९ वैशाख २०४९ मा प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएकोे हो । लोक सेवा आयोगले लिने प्रहरी निरिक्षकको परीक्षामा उहाँले पहिलो नम्बरमा नाम निकाल्न सफल हुनुभएको हो ।

त्यतिमात्र होइन त्यसयता हरेक पदमा बढुवा हुँदा उहाँले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल हुँदै आउनु भएको छ ।

प्रहरी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिनिनुहने थापाले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको छ ।

थापासंग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ । इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेको अनुभव महानिरक्षक थापामा छ ।

इन्स्पेक्टर हुँदा उहाँले सल्यान, सिन्धुपाल्चोकमा रही काम गरिसक्नुभएको छ । प्रहरी नायब उपरीक्षक डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड सम्हाल्नुभएको थियो भने प्रहरी उपरीक्षक एसपी मा बढुवा भएपछि उहाँ कास्की र झापा जिल्लाको समेत प्रहरी प्रमुख बन्नु भएको थियो ।

प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालय सम्ममा राम्रै अनुभव हासिल गर्नु भएका थापा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता बन्नुभयो थियो ।

उहाँ बोस्निया, इस्ट टिमोर र डार्फर सुडानमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका रुपमा अनुभव हासिल गरिसक्नुभएको छ । सरकारले २०७५ कार्तिक ६ गते थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पेको थियो ।

थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरिसक्नु भएको छ ।

महामारीका बीचमा नेतृत्व सम्हाल्नु भएका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ ।

अहिले नेपाल प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको अवस्थामा थापासामु समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि उत्तिकै छ ।

उहाँले महानिरीक्षकका रुपमा आगामी २२ महिना सम्म प्रहरीको कमाण्ड सम्हाल्नुहुनेछ । उहाँको कार्यकाल २०७९ बैशाख १९ गते सम्म रहेको छ । नवनियुक्त महानिरीक्षक थापालाई हाम्रो पनि बधाई अनि सफल कार्यकालको शुभकामना ।
source:ImageKhabar.com

प्रतिकृया दिनुहोस्