Wednesday, October 28

काठमाडौंबाट गाडीमार्फत खोटाङ पुगेका एक युवाको नतिजा पोजेटिभ !!

May 12, 2020 358

काठमाडौं । तराईका जिल्लामा कोरोना भाइरस संक्र`मणको दर बढिरहेको अवस्थामा पहाडी जिल्लामा पनि संक्रमण देखिन थालेको छ । खोटाङमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मार्फत कोरोना परीक्षण गर्दा पहिलोपटक पोजेटिभ नतिजा आएको छ ।

साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । पोजेटिभ नतिजा आएको घरमा गाउँपालिकाले सिलबन्दी गरेको छ ।गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झङ्कार)ले दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौंमा अस्थायी बसोवास गर्दै आएका २३ वर्षीय युवकको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो ।

२३ वर्षीय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ । उनीहरूको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि कोरोना संक्रमण भए–नभएको पुष्टि हुन बाँकी छ । पीसीआरमार्फत परीक्षण गरेपछि उनीहरू संक्रमित भए–नभएको पुष्टि हुनेछ ।

अध्यक्ष खड्काले पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरूको परिवारका अन्य सदस्यको पी.सी.आर/` परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी भएको जानकारी दिएका छन् । पीसीआरको रिपोर्ट नआएसम्मका लागि उनीहरूको घरलाई पूर्ण रूपमा सिल गरिएको अध्यक्ष खड्काले जनाएका छन् ।

काठमाडौंबाट आ`एलगत्तै १४ दिन क्वारे`न्टाइन बसेपछि होम क्वारेन्टा`इनमा पठाइएको अवस्था`मा उनीहरूको आर.डी..टी. परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा४ख २१२९ नम्बरको गाडीमा १२ वैशाखमा ३७ जना र १३ वैशाखमा २३ वर्षीय युवक चढेको बा४ख ५०२८ नम्बरको गाडीमार्फत ३८ जना सर्व साधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा यो खबर छ

प्रतिकृया दिनुहोस्