Wednesday, November 25

हजुरआमाको हत्या आरोपी प्रहरी थुनाबाटै हत्कडीसहित भागे

July 9, 2020 222

कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन्।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित थुनाबाट भागेका हुन् ।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडी सहित भागेको पुष्टि गर्नुभयो ।

उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरिक्ष जबराले बताउनुभयो ।

ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए। उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडे नै पक्राउ गरेको थियो ।

उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ । घरको पश्चिम पट्टी अरहरको झारले शव छोपेको अवस्थामा फेला परेको थियो ।
source:ImageKhabar.com

प्रतिकृया दिनुहोस्