Wednesday, October 21

नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

July 9, 2020 144

काठमाडौं, २५ असार । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनुभएकाे छ । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई फुली लगाइदिनुभएकाे हाे ।

३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षेत्री नयाँ आईजीपी बन्नुभएकाे हाे । उहाँले आज बिहीबार नै कार्यभार सम्हाल्नु हुनेछ । क्षेत्रीले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुने छ ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले क्षेत्रीलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गर्नु भएका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल हुनु भएको हो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्