Monday, September 21

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ

May 12, 2020 199

३० वैशाख, काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन् ।
‘हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्