Tuesday, September 29

तपाईंलाई सुरुको दिनमा कसैले ‘अंकल’ वा ‘आन्टी’ भन्यो भने कस्तो अनुभूत हुन्छ ? साना बालबच्चाको हकमा स्वभाविक लाग्छ । साइनो वा नाता अनुसार गरिने यस्ता सम्बोधन पनि स्वभाविक लाग्छ । तर, किशोर वा युवाहरुले यस्तो सम्बोधन गरेर बोलाउन थालेपछि हामी झस्कन्छौं ।

July 9, 2020 121

उमेर बढ्दै जाँदा हामीलाई गरिने सम्बोधन पनि फेरिदै जान्छ । जस्तो कि, दाजु÷दिदी, काका÷काकी, बाजे÷बज्यै । सुरुवाती दिनहरुमा यस्ता हठात सम्बोधनलाई मान्छेले पचाउन सक्दैन । जस्तो तपाईंलाई सुरुको दिनमा कसैले ‘अंकल’ वा ‘आन्टी’ भन्यो भने कस्तो अनुभूत हुन्छ ?

साना बालबच्चाको हकमा स्वभाविक लाग्छ । साइनो वा नाता अनुसार गरिने यस्ता सम्बोधन पनि स्वभाविक लाग्छ । तर, किशोर वा युवाहरुले यस्तो सम्बोधन गरेर बोलाउन थालेपछि हामी झस्कन्छौं । के अब मेरो उमेर ढल्कदै गएको हो ? के मेरो अनुहारमा बुढ्यौलीका संकेतहरु देखिन थालेका हुन् ?

वास्वतमा हाम्रो अनुहार वा रुपरंग हेरेर नै अरुले यस्ता सम्बोधन गर्ने गर्छन् । यसको अर्थ जब–जब हामीमाथि गरिने सम्बोधन फेरिदै जान्छ, त्यसले हाम्रो रुपरंग फेरिदै गएको संकेत दिन्छ । प्राकृतिक विधान नै हो, हामी सधै एकनास रहँदैनौं । समयसँगै शिशु, किशोर, युवा, वयस्क हुँदै हामी बुढ्यौलीतर्फ ढल्कन्छौं । उदेगलाग्दो त के भने, हामीलाई बुढ्यौली मन पर्दैन । आफ्नो उमेर ढल्कदै गएको वा वयस्क, बुढो हुँदै गएको कुरा सहजै रुपमा स्विकार्न सकिदैन ।

उमेरको हरेक चरण पार गरेसँगै हामी झस्कने गर्छौं । किनभने समय र शरीरसँगै हामीले आफ्नो मनस्थिती बदल्न सकिरहेका हुँदैनौं । हामी आफुलाई सधैजसो त्यही रुपमा सोचिरहेका हुन्छौं, जतिबेला वैशालु उमेरमा थियौं । अर्थात उमेर बढ्दै गएपनि हामी आफुलाई किशोर वा युवाअस्थामै रहेको भ्रम पाल्छौं । यही कारण कसैले ‘काका÷काकी, अंकल÷आन्टी, बाजे÷बज्यै’ भनी सम्बोधन गर्दा त्यो स्वभाविक मान्दैनौं । यस्ता सम्बोधन अप्रिय र रुखो लाग्छ ।

बर्षको हिसाबले हामी आफ्नो उमेरको गणना गरिरहेका हुन्छौं । तर, क्षण–क्षणमै हाम्रो उमेर बढ्दै वा आयु छोटिदै गएको हुन्छ । यो कुरालाई भने हामी महसुष गरिरहेका हुँदैनौं । बर्ष दिनमा मात्र हामीले आफ्नो उमेर बढेको अनुभव गर्छौं ।

उमेरको एउटा चरणमा पुगेपछि क्रमस हाम्रा शरीर सिथिल र कमजोर हुँदै जान्छ । किशोर वा युवावयमा शरीरका अंग जति सक्रिय र बलियो हुन्छ, त्यसपछि भने क्रमस कमजोर हुँदै जान्छ । त्यससँगै हाम्रो कार्यक्षमता घट्न थाल्छ । कतिपय रोगहरुको संक्रमणले शरीरलाई गाँज्न थाल्छ । यसको झलक हाम्रो अनुहार, आँखा, कान, छाला जस्ता इन्द्रियमा देखापर्छ । हाम्रो रुपरंग क्रमस फिका हुन थाल्छ ।

अनुहारमा चाउरी पर्दै जान्छ, दाग–धब्बा देखापर्छ, छालाको चमक हराउँदै जान्छ, कपाल फुल्न वा पातलिन थाल्छ । यी सबै एक प्राकृतिक प्रक्रिया नै हो । यद्यपि हामीलाई आफ्नो रुपरंग फिका हुँदै गएको, शरीर सिथिल हुँदै गएको रुचीकर लाग्दैन । यो हाम्रो निम्ति तनावको विषय बन्छ, भलै समयसँगै त्यसलाई पचाउँदै गएपनि ।

उमेर बढ्नु वा ढल्कनु एक नियमित प्रक्रिया हो, जसलाई हामीले रोक्न सक्दैनौं । तर, बढ्दो उमेरसँगै देखिने बुढ्यौलीका संकेतहरुलाई भने धकेल्न सक्छौं । बुढ्यौलीलाई धकेल्न सक्छौं । आफ्नो जवानीलाई लामो समय कायम राख्न सक्छौं । यसका लागि भने हाम्रो जीवनशैली, खानपान र सोंच–चिन्तन जिम्मेवार हुन्छ ।

जस्तो उमेर बढेसँगै हामीले खानपानमा सर्तकता अपनाउनुपर्ने हुन्छ । खासगरी ३० बर्ष पार गरेपछि हाम्रो पाचन यन्त्र पनि कमजोर हुँदै जान्छ । त्यसैले सुपाच्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्ने हुन्छ । खानाको मात्रा घटाउने तर गुणस्तर सुधार्ने गर्नुपर्छ ।

यस्तै शारीरिक रुपमा सक्रिय हुने, व्यायाम, योग र ध्यानलाई आफ्नो दैनिकीको हिस्सा बनाउने गर्नुपर्छ । प्राकृतिक जीवनशैलीमा आफुलाई अभ्यस्त बनाउनु पर्छ । यससँगै सकारात्मक चिन्तन, सन्तुलित धारणा एवं परिपक्क विचार आवश्यक हुन्छ । के भनिन्छ भने, जब हामी आफुलाई बुढो सोच्न थाल्छौं, कमजोर सोच्न थाल्छौं यस्ता हीन भावनाले हाम्रो रुपरंग पनि फिका हुन्छ । त्यसैले आफुलाई सधै जवान झै उर्जावान, उत्सुक, जाँगरिलो बनाउने यत्न गर्नुपर्छ ।

उमेर ढल्कदै गएपछि हामीले आफ्नो सौन्दर्यको ख्याल राख्न छाड्छौं, पहिरनमा ध्यान दिन छाड्छौं । जबकी यी कुराहरु हामी बेखबर र उदासिन हुन उचित छैन । फेसनेबल नभएपनि आफ्नो शरीर अनुसार कस्तो पहिरन सुहाउँछ, कसरी आकर्षक देखिन्छ, लुगा जुत्ता एवं रंगहरुको संयोजन कसरी मिलाउने भन्ने सम्बन्धमा जागरुक हुनुपर्छ ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्