Wednesday, October 21

घटनाको डेढ महिनापछि भाइरल बन्यो एउटा भिडियो, ‘प्रहरी मेरो साथी’को नाराको उपहास (भिडियो)

July 9, 2020 166

काठमाडौं, २४ असार । ‘प्रहरी मेरो साथी’ यो प्रहरीको लोकप्रिय नारा हो । तर, न त प्रहरीको व्यवहार साथीको जस्तो छ न त नागरिकको सुरक्षा गर्ने दायित्व नै पूरा गरेको छ । यस्तै, एकाध नाराले प्रहरी संगठन नै लज्जित हुने गरेको छ ।

रुकुम पश्चिममा जनताको सेवामा खटिएका प्रहरीले नै नियन्त्रणमा लिएका व्यक्तिलाई निर्घात कु’टपिट गरेको भिडियो सार्वजनिक भएसँगै पुनः एकपटक प्रहरी संगठनमाथि प्रश्न उठेको छ ।

गत मंगलबारदेखि सामाजिक सञ्जालमा भाइरल बन्यो एउटा भिडियो । प्रहरीले एक महिलालाई निर्घात लाठी हान्ने देखि लछार्ने र पछार्ने काम गरिरहेको देख्न सकिन्छ । भिडियोमा महिला नगर महिला प्रहरी पनि देख्न सकिन्छ । अझ, उनले झापड हान्नेदेखि लात हानेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

यो घटना जेठ १ गते रुकुम पश्चिमको हो । झण्डै २ महिना बित्न लाग्दा बल्ल यो भिडियो भाइरल भएको छ । घटनामा प्रहरीबाट कुटिएकी उनी हुन्, २१ वर्षीया नेहा विष्ट ।

उनलाई प्रहरीले पानी खन्याउँदै तुच्छ गाली गर्दै निर्मम तरिकाले कुटेको भिडियोमा प्रष्ट देखिन्छ । खासमा पीडित महिला नेहा जेठ १ गते जाजरकोटस्थित दिदीको घरबाट आफ्नो घर आउँदै थिइन् ।

जाजरकोट र रूकुम पश्चिमको सीमाना भेरी नदी पुलनजिकै आठबीसकोट ९ मा हेल्प डेस्क राखिएको थियो । त्यो दिन हेल्प डेस्कमा स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी डोल्मा मल्ल र इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी जवान आइते रावत खटिएका थिए ।

दिदीको घरबाट आएकी नेहाले रक्सी खाएर स्वास्थ्यकर्मीमाथि हातपात गरिन् । त्यसक्रममा महिलालाई कुटपिट गरिरहेकी नगर महिला प्रहरी निर्मला बिकमाथि पनि कपाल लुछ्दै कुटपिटमा उत्रिइन् ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर नगर कार्यपालिका लग्यो । र, यो घटना त्यहीँ भएको हो । नेहामाथि अत्याचार भइरहँदा एक जनाले भिडियो खिच्ने व्यक्ति नगर प्रहरी नै हुन् ।

अमानवीय व्यवहार गर्नेलाई कारवाही हुने नदेखिएपछि भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । नियन्त्रणमा लिइसके पछि कसैमाथि पनि कुटपिट गर्न पाइँदैन ।

रूकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाबारे छानबिन गर्न बुधबार नै प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य समिति बनाएको छ । डेढ महिना गुपचुप भएको यो घटनाका पीडकलाई प्रहरीले कारवाही गर्छ कि गर्दैन ।

नागरिकले संयम गुमाउँदा नियन्त्रणमा लिएर सम्झाउनुपर्ने ठाउँमा प्रहरी नै आवेग गुमाउन पुग्नु कदापी उचित होइन । महिलाले गरेको काम अक्षम्य भएपनि उनीमाथिको यो दूव्र्यवहार मनासिब पक्कै छैन ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्