Thursday, September 24

विदेशी विद्यार्थीले अमेरिका छाड्नु पर्ने नीतिप्रति दुई शीर्ष विश्वविद्यालय अदालतमा

July 9, 2020 147

एजेन्सी, २४ असार । अमेरिकाका शीर्ष दुई विश्वविद्यालयहरूले अमेरिकी सरकारविरूद्ध कानुनी कारबाहीको बाटो रोजेका छन् । सरकारले आफ्नो इमिग्रेसन सम्बन्धी नयाँ नियम बनाएपछि अन्य देशका विद्यार्थीहरू देश छोड्नुपर्ने अवस्था आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नियम लागू गरेको छ । जस अन्तर्गत ती विद्यार्थीहरू जसको शैक्षिक संस्थामा कक्षा कोठाको नभइ अनलाईमार्फत अध्ययन गरिरहेका उनीहरूलाई देशमै बस्न नदिइने जनाइएको छ । यद्यपि कोरोना भाइरस महामारीको कारण अधिकांश विश्वविद्यालयहरूले अनलाइन शिक्षण सञ्चालन गरिरहेका छन्।

विश्वका दुई शीर्ष इन्स्टिच्यूट हार्वर्ड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले संघीय अदालतलाई नयाँ आप्रवासी कानूनमा प्रतिबन्ध लगाउन अपील गरेको छ।

हार्वर्ड समुदायलाई पठाइएको ईमेलमा हार्वर्डका अध्यक्ष लरेन्स बाकाले भने, हामी यस मुद्दामा कडासँग लड्न चाहन्छौं ताकि हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र देशका अन्य शैक्षिक संस्थाहरूबाट आउने विद्यार्थीहरूले देशबाट निकालिने डरमा आफ्नो अध्ययन पूरा गर्न नसक्ने अवस्था सिर्जना नहोस् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्