Saturday, December 5

विकास दुबेका थप २ सहयोगी इन्काउन्टरमा मारिए, विकासलाई खोज्दै भारतीय पुलिस नेपालमा

July 9, 2020 329

काठमाडौं। कानपुरमा ८ जना प्रहरीको हत्या गरी फरार अभियुक्त विकास दुबेका थप २ सहयोगी मारिएका छन् । विकासका नजिकका सहयोगी मानिएका रणबीर शुक्ला र प्रभात मिश्रा पुलिस इन्काउन्टरमा मारिएका हुन् । प्रभातलाई पुलिसले फरिदाबादको होटलबाट पक्राउ गरेकोमा हिरासतबाटै भाग्ने प्रयास गरेपछि उनलाई गोली हानिएको बताइएको छ ।

विकासका अर्का सहयोगी रणबीर शुक्ला इटावामा मारिएका हुन् । पुलिसका अनुसार रणबीरले अबेर राती महेवानजिकै हाइवेमा स्वीफ्ट कार लुटेर भाग्न खोजेका थिए । उनीसँग अन्य ३ जना थिए । पुलिसले यसको जानकारी पाएपछि घेरा हालेर रणबीरलाई मारेको हो । यसअघि मंगलबार राती विकासका अर्का सहयोगी अमर दुबे पनि पुलिस इन्काउन्टरमा मारिएका थिए । अमरलाई विकासको दाहिने हात मानिन्थ्यो ।

विकासको खोजी जारी छ । पुलिसले विकासको टाउकोको मूल्य दोब्बर बढाएर ५ लाख पुर्याएको छ । विकासको खाजीमा २० टिम परिचालन गरिएको बताइएको छ । तीमध्ये केही टिमले नेपालमा समेत विकासको खोजी गरिरहेको बताइएको छ । हिजो भारतीय प्रहरीको एक टिम नेपालगञ्ज आएको बताइएको छ । विकासले लुकिछिपी सीमा पार गरेर नेपाल प्रवेश गरेको हुन सक्ने भारतीय पुलिसले आशंका गरेको छ ।
source:DCnepal

प्रतिकृया दिनुहोस्