Wednesday, November 25

अमेरिकामा कोरोना संक्रमितको संख्या हवात्तै वढ्यो, एकै दिन ६१ हजार भन्दा बढी संक्रमित फेला

July 9, 2020 152

काठमाडौं । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । वल्डओमिटरले जनाए अनुसार एकै दिन ६१ हजारभन्दा बढी संक्रमित फेला परे परेपछि संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको हो ।

अमेरिकाका विभिन्न राज्यहरुमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेपनि स्कुल खोल्ने तयारी भइरहेको समाचारमा जनाइएको छ । एकै दिन ६१ हजारभन्दा हजार बढी संक्रमित फेला परेतापनि बिद्यालयहरु खोल्ने तयारी अमेरिकी सरकारले गरको हो ।

ह्वाइट हाउसका प्रवक्ता माइक पेन्सले कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अव चाँडै नै खोल्ने तयारी गरिएको बताएका छन् । यतिधेरै संक्रमित फेला परेको यो पहिलो घटना हो । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् ।अमेरिकामा कोरोनाबाट हालसम्म १ लाख ३४ हजार ८ सयभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्दा ५ लान ५१ हजार बढीले ज्यान गुमाएका छन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्