Wednesday, November 25

भारतका चर्चित हाँस्य कलाकार जगदीपको निधन

July 9, 2020 172

काठमाडौं । ‘सुरमा भोपाली’ नामले चर्चित हिन्दी वरिष्ठ हाँस्य कलाकार जगदीपको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा हिजो राति मुम्बईस्थित निवासमा निधन भएको हो ।

जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।

जगदीपले ४ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।

सन् १९७५ मा बनेको शोले चलचित्रमा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले बलिउडलाई चर्चित बनायो ।

त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । उनको आज अन्त्येष्टि गरिने छ ।
source:ImageKhabar.com

प्रतिकृया दिनुहोस्