Wednesday, October 21

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका १७ जना क्वारेन्टाइनमा

May 12, 2020 254

३० वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडा अध्यक्ष प्रदीप साहले जानकारी दिए ,लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट पैदलमार्फत घर आए लगत्तै संक्रमित देखिएका युवकसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित कन्त चन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको वैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नआउँदै २८ गते आइतबार घर पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्