Sunday, September 27

सन्दीपलाई कारवाहीको माग गर्दै उनको ‘ह्वाट्स द फ्लाप शो’ बन्द गर्न माग प्रेस काउन्सिलमा उजुरी

July 8, 2020 299

काठमाडौँ । चर्चित कमेडियन सन्दीप क्षेत्रीको कामको चौतर्फी तारिफ हुने गरेको छ । कलाकारिता क्षेत्रमा छोटो समयमा नै छुट्टी छवी बनाउन सफल सन्दिप नेपालका राम्रा कमेडियन मध्येका एक हुन् ।

उनको ह्वाट्स अ फ्लाप शो चर्चामा रहेका बेला शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लाप शो कार्यक्रम बन्द गराउन माग गर्दै डा।शरद सिंह यादवले आज प्रेस काउन्सिलमा निवेदन दर्ता गराएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डा यादवको उजुरीमा कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्र, कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई कानुनी कारवाहीको माग गरिएको छ ।

पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यंग्य गरेपछि मधेसमा यसको विरोध भएको र यो असह्ैय भएको भन्दै डा यादवले उजुरी हालेको बताउका छन् । सन्दिपको यो कार्यक्रमको लामो समयदेखि विरोध भने हुँदै आएको थियो ।
source:OSnepal

प्रतिकृया दिनुहोस्