Monday, October 26

चीन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा हो : एफबीआइ निर्देशक

July 8, 2020 191

एजेन्सी, २४ असार । अमेरिकाको फेडरल विउरो अफ इन्भेस्टिगेशन (एफबीआइ)का निर्देशक क्रिस्टोफर व्रेले अमेरिकाका लागि चीन सबैभन्दा लामो समय खतराका रुपमा रहन बताएका छन्।

वासिङटनस्थित हडसन इनस्टिच्युटमा व्रेले चीनले विश्वमा आफूलाई एक्लो शक्ति राष्ट्रको रुपमा स्थापित गर्ने प्रयास गरिरहेको बताउँदै चीनले अमेरिकाको सुरक्षामा खतरा उत्पन्न गरेको बताए । उनले भने ‘यो सबैभन्दा ठूलो दाउ हो । चीनले जसरी पनि संसारको एक्लो सुपरपावर बन्ने कोसिस गरिरहेको छ ।’

उनले चीनले थुप्रै स्तरमा अभियान चलाइरहेको, विदेशमा बस्ने चिनियाँ नागरिकलाई निशाना बनाउन सुरु गरेको, उनीहरुलाई फिर्ता हुन बाध्य बनाएको र अमेरिकाको कोरोनाभाइरस माथिको अनुसन्धानलाई कमजोर बनाउन कोसिस गरेको आरोप लगाएका छन् ।

चीनले अमेरिकाविरुद्ध जासुसी गर्नुका साथै साइबर आक्रमण गरिरहेको उनले दाबी गरे । उनले भने, ‘चीनले आर्थिक जासुसी गरिरहेको छ, डाटा र पैसा चोरिरहेका छन् र अवैध राजनीतिक गतिविधिमा पनि जुटेको छ जसमार्फत् उसले घुस र ब्ल्याकमेलको सहारामा अमेरिकी नीतिलाई प्रभावित पार्ने कोसिस गरिरहेको छ ।

एफबीआइले हरेक १० घण्टामा चीनसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको व्रेले बताए । रेले भने, ‘आज हामी यस्तो स्थितीमा उभिएक छौं जहाँ एफबीआईले हरेक १० घण्टामा चीनसँग जोडिएको गोप्य मामिला दर्ता गर्नु परिरहेको छ । अहिले देशभरी यस्ता ५ हजार मुद्दा दर्ता छन् जसमा लगभग आधा चीनसँग सम्बन्धित छन् ।’

उनले कोरोना भाइरस नियन्त्रण गर्न अमेरिकाले गरिरहेको प्रयासमाथि समेत चीनले हस्तक्षेप गरिरहेको बताए । यस्तै, विदेशमा रहेका चिनियाँ नागरिकहरु माथि चिनियाँ सरकारले जनर राखिरहेको उनले दाबी गरे । उनले अब चीनले मानव अधिकार उल्लंघन गरेका घटनाहरुलाई सार्वजनिक गर्ने बेला आएको बताए ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्