Saturday, December 5

पौडेल दम्पत्तीले बिहे खर्च कटाएर गरे कोरोना कोषमा सहयोग १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ

May 12, 2020 236

वैशाख, चितवन । वैशाखको महिना बिहेवारीको सिजन मानिन्छ । तर कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले जारी गरेको लकडाउनका कारणले विहे गर्ने पूर्वयोजना बनाएका धेरै जोडीहरुले बिहे गर्न पाएनन् । तर कतिपयले भने लकडाउनकै बेलामा समेत थोरै संख्यामा जन्ती गएर बिहे गरेका छन् ।

यस्तै एक जोडीमा पर्दछन् भरतपुर महानगरपालिका वडा नम्बर १० का प्रवेश पौडेल र दृष्टि भुषाल । उनीहरुले बिहे सोमबार गरेका हुन् । बिहेको खर्च कटाएर महानगर विपद् व्यवस्थापन कोषमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ उनीहरुले जम्मा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्