Thursday, October 22

आफुलाई ठुलो बनाउन अरुलाई होच्याउनु सही हो ? मेरो मुख थुन्दैमा सत्य लुक्दैन अरु पनि बोली सके

July 8, 2020 208

केही समयदेखि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।साम्राज्ञीले भुवनमाथि दुर्व्यवहारमा परेको आरोप लगाएपछि भुवन धेरैको तारो बनेका छन् । साम्राज्ञीले पटकपटक फिल्म ‘ड्रिम्स’ का बेला आफूले अपमानजनक व्यवहार भोग्नुपरेको बताएपछि भुवनले सामाजिक सञ्जाल फेसबूकबाटै जवाफ फर्काएका थिए – जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने ।भुवनको जवाफपछि साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । साम्राज्ञीले भुवनमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् ।

जवाफमा भुवनले पनि साइबर क्राइम सम्झाउँदै भए नभएका आरोप नलगाउन साम्राज्ञीलाई चेतावनी दिए । उनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिए ।यत्तिकैमा क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै उनीसँगको स्किृनशट शेयर गरिन् । उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने अफर गरेको र ‘राम्री’ भन्दै तारिफ गरेको देखिन्छ । भुवनले भने उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्