Wednesday, September 30

चार दिनदेखि वेपत्ता गुरुङको शव फेला, ह’त्याको आशंकामा २ जना समातिए (अपडेट)

July 7, 2020 205

चितवन, २३ असार । चितवनको भरतपुर महानगरपालिका १० स्थित मैयादेवी क्याम्पस अगाडि एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरीका अनुसार भरतपुर महानगरपालिका १४ स्थित शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङ्गको मंगलबार शव फेला परेको हो ।

मृतक गुरुङ्गको शव मैयादेवी क्याम्पस अगाडि झाडीमा बोरामा बेरेर फालिएको अवस्थामा फेला परेको थियो ।

उनी विगत चार दिनदेखि परिवारको सम्पर्कमा नरहका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

उनी नारायणगढमा मजदुरी गरी बस्दै आएका थिए । ह’त्याको आशंकामा प्रहरीले आजै दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भरतपुर अस्पतालमा पो’ष्टमार्टम गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्