Friday, October 30

राजेश हमालले गरे बुवा बन्ने संकेत

May 12, 2020 379

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले ५० बर्ष कटेपछि मात्र बिहे गरे । हमाल र उनकी पत्नी मधुको उमेर ग्यापलाई लिएर विभिन्न खालका चर्चा नभएका पनि होइनन् ।

तर, हमाल अहिले मधु र आफ्नो सम्बन्ध निकै सुमधुर भएको र मधुले आफूलाई वुझ्ने गरेको बताउछन् । बिहे गर्नु भन्दा अगाडि पत्रकारले कहिले बिहे गर्ने भनेर उनलाई प्रश्न सोध्थे ।

अहिले उनलाई सन्तान कहिले जन्माउने भनेर प्रश्न गर्छन् । तर, हमाल भने आफू नै अझै केटाकेटी रहेकाले अर्को केटाकेटी कसरी जन्माउनु भन्दै रमाइलो गर्छन् ।

एउटा अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा राजेश हमालले यो लकडाउनको समयलाई राम्रो खानेकुराहरु खाने र व्यायाममा समय बिताईरहेको बताएका थिए । सँगै उनले यो पटक सन्तान पाउने कुरामा चासो बढेको विचार पनि व्यक्त गरेका छन् ।

हमालको पारिवारीक स्रोतका अनुसार हमाल दम्पत्तिले चिकित्सकसँग समेत परामर्श गरेको बुझिएको छ । लकडाउन सक्ने बितिकै नयाँ जोश र सूचना दर्शकलाई दिन चाहन्छु, हमाले भनेका छन् ।

हालै राजेश हमालले सामाजिक सञ्जालमा व्यायम गर्दै गरेको तस्विर शेयर गरेका थिए । उक्त तस्विरले निको प्रतिक्रिया पाएको थियो ।कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ । हमाल यतिखेर मधुसँगै लकडाउन समय बिताईरहेका छन् ।

प्रतिकृया दिनुहोस्