Sunday, September 27

पार्टीको निर्णय विरुद्ध सरिता गिरी सर्वोच्च अदालत जाने

July 7, 2020 156

काठमाडौं, असार २३ । सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभएको छ ।

उहांले पार्टीको निर्णय अवैधानीक भएको बताउनुभयो ।

हामीसंग कुराकानी गर्दै सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्चको ढोका ढकढकाउने बताउनुभयो ।
source:ImageKhabar.com

प्रतिकृया दिनुहोस्