Tuesday, October 20

नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

July 7, 2020 185

काठमाडौं, २३ असार । सरकारले नेपाल प्रहरीको महानिरीक्षका आइजीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यो नियुक्तिसंगै हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहनु भएका थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) बन्नु भएको छ ।

२०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गर्नु भएका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल हुनु भएको हो ।

प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहनु भएका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्रिपरिषद् बैठक पनि एक मन्त्रीले न्यूज २४ लाई बताए ।

वर्तमान आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबारबाट अनिवार्य अवकासमा बस्दै हुनुहुन्छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्