Friday, September 25

सरिता गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने

July 7, 2020 265

काठमाडौं, २३ असार । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेसँगै उहाँको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्नुहुने भएको छ । सिटौला ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी समाजवादी नेतृ हुनुहुन्छ ।

पार्टीको कारवाहीमा परेसँगै गिरी देखि पछाडि सिटौंलाको नाम रहेकाले उहाँ बन्ने पक्का भएकाे हाे । समानुपातिक सांसद रिक्त भए बन्दसूचीमा जसको नाम अघि छ उही स्वत: सांसद् हुन पाउने निर्वाचन आयोगको प्रवधान रहेको छ । स्थायी घर सिरहा भएकी सरिता गिरीलाई समाजवादी पार्टीले समानुपातिक कोटा मार्फत सांसद् बनाएको थियो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्