Sunday, October 25

चिनियाँ राजदूतले निवासमै पुगेर भेटिन् झलनाथ खनाललाई

July 7, 2020 187

काठमाडौं, २३ असार । पछिल्लाे समय सत्तारूढ नेकपाभित्र विवाद चुलिएपछि मत्थर पार्ने लाइन चिनियाँ राजदूतकाे सक्रियता बढेकाे छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका उच्च तहका नेताहरूसँग भेटघाट बढाएकी छिन् । यसै क्रममा उनले नेकपा नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग मंगलबार भेटवार्ता गरेकी छन् ।

स्राेतका अनुसार खनाललाइ भेट्न राजदूत यान्छी उनकै निवासमा पुगेकी थिइन् । मंगलबार बिहान खनाल निवास डल्लुमा पुगेर उनले नेता खनालबीच करिब ४५ मिनेट कुराकानी गरेकाे जनाइएकाे छ । यद्यपि भेटमा के-के कुरा भयाे भन्ने खुलाइएकाे छैन ।

नेकपा फूटकाे संघारमा पुगेकाे विश्लेषण भइरहेका वेला एकाएक चिनियाँ राजदूतकाे सक्रियताले विभिन्न प्रश्न उब्जाएकाे छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । चर्किंदाे शक्ति संघर्ष राेक्न र विवाद साम्य पार्न राजदूत यान्छीकाे सक्रियता बढेकाे यसकाे प्रभाव नेकपामा पर्न थालेकाे टिप्पणी भइरहेका छन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्