Sunday, September 27

चीनको दक्षिण सागरमा अमेरिकी सेनाका लडाकु विमानसहित दुई पानीजहाज, चीन-अमेरिकाबीच बढ्यो तनाव

July 7, 2020 167

एजेन्सी, २३ असार । चीनको दक्षिण क्षेत्रको समुन्दी सागर (साउथ चाइना सी)मा अमेरिकाले पानीजहाजमार्फत नौसेना अर्थात सेनाका सामुन्द्रिक अंग तैनाथ गरेपछि तनाव बढेको छ । समाचार एजेन्सीहरुका अनुसार सो क्षेत्रमा अहिले अमेरिकाले नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरिरहेको छ ।

यसले दुई मुुलुकबीच युद्धको बीजारोपण हुनसक्ने अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरु बताउछन् । यो भन्दा ६ वर्ष पहिले पनि अमेरिकाले चीनको दक्षिणी समुन्द्रि क्षेत्र (साउथ चाइना सी) मा यही खालको क्रियाकलाप गरेका थियो । तर त्यसयता भने उसले सो क्षेत्रमा कुनै गतिविधी गरेको थिएन ।
यो क्षेत्रलाई चीनले नै बढीजसो प्रयोग गर्दै आएको छ । केही दिनअघि साेही क्षेत्रमा पर्ने पारासेल द्विप समूहमा चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पाँच दिनसम्म सैन्य अभ्याससमेत गरेको बताइएको छ । सो सामुन्द्रिक क्षेत्र चीन र अमेरिकासहित अन्य ४ मुलुकले पनि दावी गरिरहेका छन् । यद्यपि चीनको उपस्थिती बलिययो र बाक्लो रहेको छ ।

यो सामुन्सद्रक क्षेत्रमा चीनले पनि नौसैनिक अभ्यासका आवश्यक बन्दोबस्ती पूर्ण रुपमै पहिल्यै मिलाइसकेको छ । चीनको यो वलियो दावीलाई निस्तेज पार्दै आफ्नो कब्जामा राख्न अमेरिकाले पनि आफ्नो समुन्द्रि सेना परिचालन गरेको सीएनएनले जनाएकाे छ । सो क्षेत्रमा अमेरिकाले अत्याधुनिक लडाकु विमान र हतियारसहित समुन्द्रि सेना पठाएकाले अवस्था खतरनाख हुने देखिन्छ । चिनियाँ मिडियाहरुका साथै जिम्मेवार संगठन र निकायहरुले अमेरिकी उपस्थितीलाई हटाउन सरकारलाई दवाव दिइरहेको बताइएको छ ।

उता अमेरिकी सेनाको अंग जलसेना अर्थात नौसेनाले बिज्ञप्ति निकालेर आफ्नो रक्षा क्षमता अभिवृद्धि गराउन यो क्षेत्र प्रयोग गरिने जनाउदै दुवै जहाजमा लामो दुरी तथा छोटो दुरीमा हमला गर्नसक्ने लडाकु विमान राखिएको बताएको छ । अहिले दुवै मुलुकका सेनाहरुको उपस्थिती रहेका बताइएको छ । यसअघि पनि २००१ र २०१४ मा अमेरिकी लडाकु विमानवाहक जहाज दक्षिण चीन सागर क्षेत्रमा पुगेको थियो । यसबारे दुवै मुलुकका सरकारले औपचारिक रूपमा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्