Sunday, September 27

चनियाँ राजदूत यान्छीको सक्रियता, आज भेटिन झलनाथ खनाललाई

July 7, 2020 126

२३ असार, काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत रहेकी होउ यान्छीले नेपालको सत्तारुढ दल नेकपाका नेता झलनाथ खनालसँग भेट गरेकी छिन् ।

खनाललाई भेटन यान्छी मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी हुन् । खनाल र यान्छीको बिचमा ४५ मिनेटभन्दा लामो समय छलफल भएको थियो । खान छलफल के विषयमा भयो भन्ने अहिलेसम्म खुलासा भएको छैन

नेकपामा अहिले पार्टीभित्रैबाट विवाद चर्किएको छ । केही दिनयता विवाद चर्किएसँगै राजदुत यान्छीको सक्रियतामा पनि बृद्धि भएको छ । उनले केही समय अघि मात्रै नेकपाका अर्का नेता माधव कुमार नेपालसँग कुराकानी गरेकी थिईन् ।
source:OSnepal

प्रतिकृया दिनुहोस्