Sunday, September 27

शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

July 7, 2020 163

काठमाडौं, २३ असार । शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना आएसम्मका लागि ओपीडी सेवा स्थगित गरिएको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।

शहीद गंगालाल हृदय केन्द्रमा उपचाररत विरामीकाे स्बाव केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएकाे थियाे । उक्त परीक्षणमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

कोरोना संक्रमण देखिएका सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

source:News24 Nepal

प्रतिकृया दिनुहोस्