Tuesday, September 29

नेपाल एयरलाइन्सका सक्रिय ३ पाइलट सहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

July 7, 2020 239

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।
वायुसेवा निगमले ‘उद्धार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो । क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो ।

तर होटल बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेको होटल स्रोतले बताएको छ।

संक्रमितहरूलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ । Source : Onlinekhabar.com

प्रतिकृया दिनुहोस्