Tuesday, September 29

सरकारले भनेको नमान्दै एक विद्यालय, काठमाडौंको सेन्ट जेभियर्सले उठायो लकडाउनको पनि शूल्क

July 6, 2020 139

२२ असार, काठमाडौंः नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक पटक लकडाउनको समयको कुनै पनि विद्यालयले शुल्क नउठाउन आदेश दिईरहेको छ । अनलाइन कक्षामार्फत विद्यार्थीलाई व्यस्त राखेपनि विद्यालयले शुल्क नलिने पनि बताईरहेका छन् । तर, काठमाडौंको एक विद्यालयले भने सरकारको निर्देशनलाई नमानी लकडाउनको समयमा पनि पैसा लिएको छ ।

जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल लकडाउनको समयमा पनि विद्यार्थीसँग पैसा लिएको हो । यस स्कुलले लकडाउनको समयमा अनलाइन कक्षाको भन्दै विद्यार्थीसँग पैसा लिईरहेको छ । यस स्कुलले अभिभावकलाई कक्षा २ देखि १० सम्मको शुल्क तिर्न दबाब दिईरहेको छ ।

स्रोतका अनुसार अनलाइन कक्षा संञ्चालन गरेवाफत अभिभावकलाई बैंकमा पैसा जम्मा गर्न दबाद दिईएको हो । एकै चोटी तीन महिनको पैसा दिन स्कुलले अभिभावकलाई दबालद दिएको छ ।

अनलाइक कक्षा बाफत यो स्कुलले कक्षा २ देखि ५ सम्म ९ हजार ४५० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ९ हजार ८१० रुपैयाँ तथा कक्षा ९ र १० को १२ हजार १५० रुपैयाँका दरले अभिभावकलाई पैसा तिर्न भनेको छ ।
यति मात्रै नभएर स्कुलले पैसा तिर्न नसक्नेलाइ निकालिने धम्ती समेत अभिभावकलाई दिएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्