Friday, September 25

अमेरिकालाई चीनको चेतावनी : मांसपेशी ठीक पार्न पानीजहाज पठायो !

July 6, 2020 170

बेइजिङ : अमेरिकाले दक्षिणी चिनियाँ समुद्रमा पानीजहाज पठाएकोमा चीनले कडा चेतावनी दिएको छ ।

अमेरिकाले ‘मांसपेशी ठीक पार्न’ पानीजहाज पठाएको भन्दै चिनियाँ उच्च अधिकारीले प्रतिक्रिया दिएका छन् । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजिआनले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

नियमित पत्रकार सम्मेलनको क्रममा झाओले अमेरिकी गतिविधिमाथि चेतावनी दिएका थिए । साथै वासिंटनले त्यस समुद्री क्षेत्रमा सैन्य गतिविधि बढाएको चिनियाँ आरोप छ । अमेरिकाले ताइवानसँग नजिक रहेको टापुमा समेत सैन्य गतिविधि बढाउने गरेकोमा चीनले पटक पटक चेतावनी दिइसकेको छ ।
Annapurna Post

प्रतिकृया दिनुहोस्