Wednesday, December 2

भारत र चीनबीच सीमा विवाद समाधान गरेर शान्ति कायम गर्ने प्रयास सुरु

July 6, 2020 178

एजेन्सी, २२ असार । भारत र चीनबीच गलवान उपत्यकामा भएको हिंसक झडपपछि दुबै तर्फबाट शान्ति कायम गर्ने प्रयास भइरहेको छ । यसै क्रममा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चीनका विदेश मन्त्री वांग यीबीच आइतबार टेलिफोन वार्ता मार्फत कुराकानी भएको जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डोभाल र वांगबीच भारत र चीनको पश्चिमी क्षेत्रको सीमामा भइरहेको गतिविधिहरूबारे स्पष्ट र विस्तृत वार्ता भएको छ ।” दुबै पक्षमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न दुबै देशले सीमामा शान्ति फेरि कायम गर्ने र मतभेदहरुलाई विवादको रुपमा लिनबाट रोक्ने सहमति भएको बताइएको छ ।

दुबै पक्षले सीमानामा तनाव कम गर्ने प्रक्रियामा काम गरेका छन् । जसको अर्थ हो दुवै पक्षका सैनिक आमनेसामनेको स्थितिमा अहिले छैनन् । दुबै पक्षले चरणबद्ध रूपमा सहमत गर्ने भएका छन् । विज्ञप्तिमा दुई विशेष प्रतिनिधिहरूको यस वार्तालापमा दुवै देशका सैनिक र कूटनीतिक अधिकारीहरू बीचको वार्तालाप जारी राख्न सहमत भएको उल्लेख रहेको जनाइएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्