Monday, September 28

प्रदेश १ मा ६ संक्रमित थपिए, १५ जना डिस्चार्ज भए

July 6, 2020 162

विराटनगर, २२ असार । प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र २ सय ८२ जना संक्रमितहरु छन, भने मोरङमा १ सय ७४ पुगेका छन् । यसै गरी सुनसरीमा ९३ पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ११, उदयपुरमा ७२ ,सोलुखुम्बुमा १ , संखुवासभामा ५ जना, तेह्रथुममा ३ जना इलाममा ११ जना , पाँचथर ४ ताप्लेजुङमा ५ जना र ओखलढुङगामा २ जना संक्रमितहरु रहेका छन् ।

कोभिड अस्पतालमा र आइसोलेसन सेन्टरमा गरी प्रदेश १ मा १ सय ७५ जना संक्रमितहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्