Wednesday, December 2

रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी, ७ अंकको अग्रता

July 5, 2020 138

२१ असार, काठमाडौं । कप्तान सर्गियो रामोसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा ला लिगा लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।

रामोसले ७३ औं मिनेटमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गरेका हुन् । विल्वाओका डानी गार्सियाले रियल मड्रिडका मार्सेलोलाई पाल्टी एरियामा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । रेफ्रीले भीएआरको मद्दतमा लिएर रियललाई पेनाल्टी अवसर दिएका थिए । रामोसको उक्त गोल नै रियललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
source:OnlineKhabar

प्रतिकृया दिनुहोस्