Thursday, September 24

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३७ सय नाघ्यो

July 5, 2020 160

जनकपुरधाम, २१ असार । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १४ महिला सहित थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७ सय ८ पुगेको छ ।

आइतवार सप्तरीमा ३५, धनुषामा २७, सिरहामा २३, महोत्तरीमा १२, रौतहटमा ११, सर्लाहीमा ६ र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।

सप्तरीमा ठाउँ नखुलेको ५ महिला र ३० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धनुषामा क्षिरेश्वरनाथ नगरपालिकामा २ पुरुष, बटेश्वर गाउँपालिकामा ४ पुरुष, लक्ष्मीनियाँ गाउँपालिकामा १ महिला र ६ पुरुष, नगराईन नगरपालिकामा १ महिला र ५ पुरुष, विदेह नगरपालिकामा ५ पुरुष, गणेशमान चारनाथ नगरपालिकामा ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहामा लहान नगरपालिकामा १ पुरुष र ठाउँ नखुलेको स्थानका ५ महिला र १७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको झाले जानकारी दिनुभयो । महोत्तरीको बलवा नगरपालिकामा १ महिला र ८ पुरुष, भंगहा नगरपालिकामा २ पुरुष, रामगोपालपुर नगरपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा परोहा नगरपालिकामा ९ महिला र जुगध मा।वि गौरको क्वारेन्टाइनमा रहेका ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीको इश्वरपुर क्वारेन्टाइनमा २ पुरुष र ठाउँ नखुलेको १ महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्साको पटेर्वा सुगौलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्