Thursday, October 29

साम्राज्ञी काण्ड समाधान नहुँदै क्यानडामा बस्दै आएकी यि युवतीले पनि खोलिन् भुवन विरुद्धका यस्ता पोल, भिडियो भाइरल

July 5, 2020 214

काठमाडौं – अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको समस्याको समाधान नै भइनसकेका बेला फेरी निर्माता तथा अभिनेता भुवन केसीलाई अर्को कडा झड्ेका लागेको छ ।

साम्राज्ञीले भुवनले आँफुलाई गाला गाला जोडेर दुब्र्यबहार गरेको भन्दै खुलेआम सामाजिक संजालमा नै बताएपछि तनावमा आएर ‘जुन थालमा खायो, त्यही थालमा दुला पारेको’ भन्दै अभिव्यक्ति दिएका भुवनविरुद्ध साम्राज्ञी झनै कठोर रुपमा प्रस्तुत हुँदै गइरहेका बेला भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको स्क्रिन सर्ट सार्वजनिक भएको छ ।

क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउँदै उनीसँगको च्याटको स्किृनशट शेयर गरेपछि भुवन फेरी एक पटक अप्ठ्यारोमा परेका छन् । स्वेताले भुवनको पोल खोल्दै भनेकी छिन् उनले मलाई फ्रेण्ड रिक्वेस्ट पठाए । एसेप्ट गरे लगत्तै फिल्मको अफर गर्दै रुपको चर्चा गरेको बताएकी छिन् ।स्वेता अगाडी भन्छिन् भुवनको उक्त आइडी फेक भए नभएको चेक गर्नका लागि फेक आइडी होकी भनेर भुवनलाई स्वेताले प्रश्न गर्दा भुवनले भिडियो अन भने भने ।

श्वेताले भिडियो अर्न गर्दा भुवन नै देखिएपछि उक्त आइडी फेक नभएको त प्रमाणीत भयो । तर भुवनले उनलाई सताउन थालेको श्वेताले बताइन् । भुवनले दोस्रो दिन बिहान म्यासेज गरेर फिल्मका लागि प्रस्ताव गरेको बताइन् ।

भुवनले गरेको म्यासेजमा पनि ‘तिमी राम्री र बोल्ड छौ’ भनेर लेखेका छन् । साम्राज्ञी र श्वेतामाथी देखाएको ब्यबहारले भुवनको नियतलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस्