Wednesday, September 30

बाल्टीको भरमा खेत रोप्ने तयारी

July 5, 2020 119

स्याङ्जा : पुतलीबजार नगरपालिका–१३ स्थित उर्वर टापु फाँटमा पानीकी अभावमा धान रोप्न समस्या परेको छ । यहाँका किसानले बाल्टीमा पानी बोक्दै खेतमा हालेर धान रोप्ने प्रयासमा जुटेका छन् । खोला किनारमा रहेको टापुखेतमा कतैे धान हरियो भएका छन्, त कतै पानीको अभावमा मकैका डाँठ ठडिएकेै छन् । असारको अन्तिम सातामा पनि पानीको अभावमा रोपाई हुन सकेको छैन।

सिंचाईको अभावमा आकाशे पानीको भरमा खेत रोप्नु पर्ने वाध्यता छ । यहाँका किसानले मोटर बाटोमा बगेको पानी, कुलाको पानी खेतमा सोझयाउदै धान रोप्ने गरेको बताउछन् । नाला वा मुन्तिरका खेतको पानी बाल्टीमा उभाउदै, खेतमा हालेर धान रोप्ने तयारीमा किसान जुटेका छन्।

र वर्षापछि पानी संकलन भएको थाहा पाएपछि यहाका किसानहरु बाल्टी, गाग्रा बोकेर खेतमा पुग्छन । यो टापुखेत फाँटबासीमध्ये धेरैका साझा समस्या हो । उर्वर भूमि पानीको अभावमा समयमा रोप्न नपाउदा राम्रो उत्पादन लिन नसकिने वडा सदस्य जुद्ध थापा बताउनछन्।

बर्षोंदेखि सतौं हटियादेखि रिङदी खोलासम्मको एउटा कुलाको भरमा गाउँलेले खेती गर्दे आएका थिए । फाँटका सबैतिर कुलोको सिँचाईल पुग्ने अवस्था नरहेकाले फाँटमा पानीको अभाव देखिएको वडाअध्यक्ष ख्यामनारायण अधिकारीको भनाइ छ ।

पुतलीबजार नगर प्रवक्ता समेत रहेका अधिकारी भन्छन्, ‘पहिलादेखि नै नहर÷कुला सानो थियो, अलि वृहत योजना बनाउने माग गर्दा कतैबाट सुनुवाई हुन सकेको छैंन् ।’ नगरको योजना अन्र्तगत पालिकाले छुट्टाएको ६ लाख रुपैंयाले केही काम नै नहुने भएपछि फिर्ता गएको छ ।

झण्डैं ३ हजार रोपनी भन्दा बढी क्षेत्रफल ओगटेको अन्न उब्जाउ हुने टापुखेत फाँटमा करिब डेढ किलोमिटर नहर बनाउन सके टापुखेत फाँट सबैलाई सिँचाई गर्न पुग्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्