Tuesday, September 29

यो सडक हो कि पोखरी ? जहाँ चक्काजाम गर्दै मेरविरुद्ध भयो प्रदर्शन (फाेटोफिचर)

July 5, 2020 170

जनकपुरधाम, २१ असार । वर्षाैंदेखि सडक मर्मत-सम्भार नहुँदा वर्षातको बेला समस्या भोग्नु परेको भन्दै जनकपुरमा स्थानीयले सडकमा चक्काजाम गरेर प्रदर्शन गरेका छन् ।

जनकपुर उप-महानगरपालिका वडा नं १६ स्थित पुलचौक जाने बाटोमा स्थानीय, युवा र व्यापारीहरूले स्थानीय सरकारविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरे । धनुषाको पूर्वी क्षेत्र सबैला, यदुकुहा, तिनकौरिया लगायत सिरहासमेत जोड्ने उक्त हुलाकी सडकको अवस्था दयनीय रहेको छ ।
सामान्य पानी पर्दा समेत यहाँ तीन-चार फिट पानी जम्ने गरेकाे छ । जसकारण आवात-जावतमा समस्या हुने गरेको जनकपुर- १६ का स्थानीयकाे भनाइ रहेको छ । जनकपुरधाम वार्ड- १६ र १९ को सिमानासमेत रहेको यो हुलाकी सड़कमा दैनिक दुर्घटना हुने गरेको स्थानीय राजीव साहले न्यूज २४ लाई जानकारी दिएका छन् ।

झण्डै एक वर्षपूर्व पनि आफूहरुले सड़क जाम गरेर आन्दोलन गर्दा प्रमुख जिल्ला अधिकारी आफैँ आएर समस्या समाधान हुने आस्वासन दिएर गएकाे तर काम नभएकाे भन्दै साहले आक्रोश व्यक्त गरे । हुलाकी सडक अन्तर्गत पर्ने उक्त सडक ठाउँ-ठाउँमा बिग्रेको र हिलो-पानी जमेको सहजै देख्न सकिन्छ ।

यता, सडक मर्मत-सम्भार किन हुन नसकेको भन्ने प्रश्नमा वार्ड १६ का अध्यक्ष राम आशीष पन्जियारले ‘यो हुलाकी सड़क भएकोले गर्दा उपमहानगर र वार्डले बनाउन नसक्ने प्रतिक्रिया दिएका छन् ।

आफूहरूले बारम्बार सड़कको विषयमा प्रदेश सरकार र संघीय सरकारलाई समेत जानकारी गराएको ठोकुवा गर्दै पन्जियारले न्यूज़ २४ लाई भने, ‘आजै म फेरि उप-महानगरपालिकालाई पत्र काट्ने छु ।’

आउँदो २५ अषाढ़सम्म स्थानीयलाई यस समस्याबारे स्पष्ट जवाफ दिने वार्ड अध्यक्ष पन्जियारले प्रतिबद्धता व्यक्त गरे पछि झन्डै डेढ घण्टापछि जाम गरिएको सडक सुचारू भएको थियो ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्